साताको अन्तिम दिन सुनचाँदीको भाउ सस्तियो

काठमाडौं– साताको कारोबारको अन्तिम दिन सुनचाँदीको भाउ सस्तिएको छ । बिहीबार तोलामा ६० हजार ७०० मा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ६० हजार २०० मा कारोबार भयो । यस्तै तेजावी सुन ५९ हजार ९०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१५ मा कारोबार भयो । चाँदी बिहीबारको तुलनामा रु १० ले घटेको हो ।